काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक २३.५२ अंकले घटेर १८९३.७० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२६ कम्पनीको ३१ लाख १४ हजार ६ सय ८९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ११ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १० करोड २२ लाख ३५ हजार ४ सय २८ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बिहीबारको सेयर बजारमा मन्दाकिनी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ३ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा सिन्धु विकास बैंक, हिमालयन पावर पार्टनर, सिटिजन्स म्युचुअल फण्ड-२, उपकार लघुवित्त वित्तिय संस्था, तारागाउँ रिजेन्सी होटल र बोटलर्स नेपाल (तराई) का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १० करोड २२ लाख ३५ हजार ४ सय २८ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल रिइन्स्योरेन्स कम्पनी, युनाईटेड मोदी हाइड्रोपावर, हिमालयन डिष्ट्रिलरी, रिडी पावर कम्पनी र गुराँस फाइनान्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा अपर हेवा खोला हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ६ प्रतिशत भन्दा धेरैले घटेको हो । अपर हेवा खोला हाइड्रोपावरको सेयरमा यस्तो गिरावट आउँदा किसान लघुवित्त वित्तिय संस्था, पन्चकन्या माई हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट बैंक, एमेर्जिङ नेपाल र एनआरएन इन्फ्रास्ट्रक्चरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्