×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार घट्यो सेयर बजार, २ अर्ब १० करोडमाथिको कारोबार हुँदा नेप्से १९५८.९४ बिन्दुमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सोमबार घट्यो सेयर बजार, २ अर्ब १० करोडमाथिको कारोबार हुँदा नेप्से १९५८.९४ बिन्दुमा

Artha Sarokar

२१ कार्तिक २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ६.४३ अंकले घटेर १९५८.९४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२४ कम्पनीको ४९ लाख ४४ हजार ७६ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब १० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्थाको भएको छ । यस कम्पनीको १५ करोड १६ लाख १३ हजार १ सय ६३ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी सोमबारको सेयर बजारमा धौलागिरी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ८ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था, आरबिबि म्युचुअल फण्ड-१, लाइफ इन्स्योरेन्स कर्पोरेशन, एनआइसी एशिया ग्रोथ फण्ड, एनएमबि ५० र एनएमबि हाइब्रिड फण्ड एल-१ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्थाको भएको छ । यस कम्पनीको १५ करोड १६ लाख १३ हजार १ सय ६३ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा शिवम् सिमेन्ट, नेष्डो सम्बृद्ध लघुवित्त वित्तिय संस्था, रिडी पावर कम्पनी, हिमालयन डिष्ट्रिलरी र गोर्खाज फाइनान्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा ग्लोबल आइएमइ लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ५ प्रतिशत भन्दा धेरैले घटेको हो । ग्लोबल आइएमइ लघुवित्तको सेयरमा यस्तो गिरावट आउँदा सपोर्ट माइक्रोफाइनान्स, आशा लघुवित्त वित्तिय संस्था, एनआइसी एशिया लघुवित्त वित्तिय संस्था, शिवम् सिमेन्ट र माउनटेन हाइड्रो नेपाल लिमिटेडमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

  

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी