काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ११.५६ अंकले बढेर १९३३.५५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २३२ कम्पनीको २५ लाख ६९ हजार २ सय २९ कित्ता सेयर खरिद बिक्री हुँदा ९२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको भएको छ । यस कम्पनीको ७ करोड ६२ लाख ४८ हजार ४ सय १ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बिहिबारको सेयर बजारमा घलेम्दी हाइड्रो लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ६ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा आरएमडिसी लघुवित्त वित्तिय संस्ठा, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, साना किसान विकास लघुवित्त वित्तिय संस्था, सिनर्जी पावर डेभलपमेन्ट र सम्बृद्ध फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहिबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको भएको छ । यस कम्पनीको ७ करोड ६२ लाख ४८ हजार ४ सय १ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिष्ट्रिलरी, एनआइसी एशिया बैंक लिमिटेड, नेस्डो सम्बृद्ध लघुवित्त वित्तिय संस्था, नबिल बैंक लिमिटेड र घलेम्दी हाइड्रो लिमिटेडको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बिहिबारको सेयर बजारमा किसान लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा २ प्रतिशत भन्दा धेरैले घटेको हो । किसान लघुवित्तको सेयरमा यस्तो गिरावट आउँदा सिटिजन्स म्युचुअल फण्ड-२, समता घरेलु लघुवित्त वित्तिय संस्था, न्यादी हाइड्रोपावर, अपर हेवा खोला हाईड्रोपावर र लक्ष्मी उन्नति कोषमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्