काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले तत्काल ब्याजदर नघटाए देशको अर्थतन्त्र जोगाउन कठिन भएको बताएका छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गोल्छाले बढ्दो बैंकको ब्याजदरका कारण अर्थतन्त्र सुध्रिन नसकेको बताएका हुन् ।
‘राष्ट्र बैंकले बैंकहरुको स्प्रेड दर घटाउँदैमा कर्जाको ब्याजदर घट्दैन’, अध्यक्ष गोल्छाले भने, ‘यसले केबल ब्याजदर वृद्धि नियन्त्रण गर्ने हो ।’ त्यस्तै, उनले कर्जाको ब्याजदर नघट्ने हो भने अर्थतन्त्र गम्भीर संकटमा जाने भन्दै तरलता बढाएर ब्याजदर घटाउनेतर्फ राष्ट्र बैंक र सरकारले भूमिका खेल्नुपर्ने बताएका छन् ।
अध्यक्ष गोल्छाले ब्याजदर घटाउन आधार दर (बेसरेट) घट्नुपर्ने र तरलता नबढी ब्याजदर नघट्ने बताए । ‘ब्याजदर नघट्दा अर्थतन्त्र गम्भीर संकटतर्फ जाँदैछ,’ अध्यक्ष गोल्छाले भने, ‘तरलता बढाउन १ वर्ष पुनर्कर्जा नवीकरण सुविधा चाहिन्छ । अनिवार्य नगद मौज्दात १ प्रतिशत घटाउनुपर्छ । स्थनीयत तहमा जाने रकमलाई निश्चित समयको लागि निक्षेपमा गणना गर्नुपर्छ ।
राष्ट्र बैंकले चालु मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा मार्फत बैंकहरुले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदर बीचको औसत अन्तर (स्प्रेड दर) घटाउने बताएको छ । हाल वाणिज्य बैंकहरुको स्प्रेड दर ४.४ प्रतिशत रहेकोमा अब ४ प्रतिशतमा झार्ने भएको छ । विकास बैंक र वित्त कम्पनीको ५ प्रतिशत रहेको स्प्रेड दर अधिक्तम ४.६ प्रतिशत कायम गर्नुपर्ने भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्