×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

होङ्गसीबाट आएको लाभांशका कारण शिवम् सिमेन्टको नाफामा बढोत्तरी, ईपीएसमा पनि सुधार (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

होङ्गसीबाट आएको लाभांशका कारण शिवम् सिमेन्टको नाफामा बढोत्तरी, ईपीएसमा पनि सुधार (विवरणसहित)

२८ कार्तिक २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३१ प्रतिशत बढी नाफा आर्जन गरेको छ । गतवर्षको तुलनामा ३१.९४ प्रतिशत बढी नाफा आर्जन गरेको कम्पनीको खुद नाफा २७ करोड ४७ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको सञ्चालन आम्दानी घटेपनि अन्य आम्दानी बढेको र खर्च नियन्त्रण गरेका कारण कम्पनीको नाफा बढ्न पुगेको हो ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समिक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३०.४६ प्रतिशत घटेको छ । त्यस्तै कम्पनीको अन्य आम्दानी भने ३ हजार २४८.४३ प्रतिशत बढेको छ । गत वर्षको पहिलो त्रैमासमा ९३ लाख रुपैयाँ रहेको कम्पनीको अन्य आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा ३१ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।

पहिलो त्रैमाससम्ममा कम्पनीको खुद नाफा बढेको भए पछि दोस्रो त्रैमाससमा नाफा बढाउनका लागि कम्पनीले सञ्चालन आम्दानीमा वृद्धि गर्नुपर्ने देखिन्छ ।

त्यस्तै चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको ईपीएस ६ रुपैयाँ ५ पैसा बढेर २४ रुपैयाँ ९८ पैसा पुगेको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २१६ रुपैयाँ ९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५.६८ गुणा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: