Skip to content
LAXMI SUNRISE BANK

३२.७९ प्रतिशतले घट्यो श्रीजनशील लघुवित्तको खुद नाफा, प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ६४ पैसा

अर्थ सरोकार

काठमाडौं । श्रीजनशील लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले पहिलो त्रैमासमा १ करोड ८ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ३२.७९ प्रतिशतले कम हो ।

अघिल्लो वर्षको यसैअवधिमा लघुवित्तले १ करोड ६१ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो । कम्पनीको सञ्चालन नाफा ७४.४४ ले घटेर ६४ लाख ५७ हजार रुपैयाँमा सीमित भएको छ ।

यस्तै, श्रीजनशीलको खुद ब्याज आम्दानी २९.२३ प्रतिशतले घटेर ३ करोड १६ लाख ३१ हजार रुपैयाँमा सीमित भएको छ भने प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ६४ पैसा रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK