Skip to content
LAXMI SUNRISE BANK

सिद्धार्थ इन्स्योरेन्सद्वारा पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक, प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ ५५ पैसा

अर्थ सरोकार

काठमाडौं। सिद्धार्थ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सले पहिलो त्रैमासमा ५ करोड १२ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ५.६५ प्रतिशतले थोरै हो ।

इन्स्योरेन्सले गत वर्षको सोही अवधिमा ५ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । इन्स्योरेन्सको खुद बिमा शुल्क आर्जन ३०.१५ प्रतिशतले बढेर असोज मसान्तसम्म ३९ करोड ८२ लाख ४३ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीले भुक्तानी हुन बाँकी दाबी वापत ३० करोड ३० लाख व्यवस्था गरेको छ । गत वर्षको सोही अवधिमा उक्त दाबी ४० करोड ९८ लाख रुपैयाँ रहेको थियो । यता, नोक्सानीको लागि व्यवस्था गरिएको रकम ८७ लाख २७ हजार पुगेको छ । जसका कारण यसको नाफा प्रभावित भएको छ । सिद्धार्थको चुक्ता पुँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको रिजर्भ कोष ३३.९६ प्रतिशतले घटेर २४ करोड २७ लाख रुपैयाँमा झरेको छ । बिमा कोषको आकार १८.२३ प्रतिशतले बढेर १ अर्ब २० करोड रुपैयाँ पुगेको छ । सिद्धार्थको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ ५५ पैसा रहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK