काठमाडौं। सिद्धार्थ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सले पहिलो त्रैमासमा ५ करोड १२ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ५.६५ प्रतिशतले थोरै हो ।
इन्स्योरेन्सले गत वर्षको सोही अवधिमा ५ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । इन्स्योरेन्सको खुद बिमा शुल्क आर्जन ३०.१५ प्रतिशतले बढेर असोज मसान्तसम्म ३९ करोड ८२ लाख ४३ हजार रुपैयाँ पुगेको छ ।
कम्पनीले भुक्तानी हुन बाँकी दाबी वापत ३० करोड ३० लाख व्यवस्था गरेको छ । गत वर्षको सोही अवधिमा उक्त दाबी ४० करोड ९८ लाख रुपैयाँ रहेको थियो । यता, नोक्सानीको लागि व्यवस्था गरिएको रकम ८७ लाख २७ हजार पुगेको छ । जसका कारण यसको नाफा प्रभावित भएको छ । सिद्धार्थको चुक्ता पुँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको रिजर्भ कोष ३३.९६ प्रतिशतले घटेर २४ करोड २७ लाख रुपैयाँमा झरेको छ । बिमा कोषको आकार १८.२३ प्रतिशतले बढेर १ अर्ब २० करोड रुपैयाँ पुगेको छ । सिद्धार्थको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ ५५ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्