काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक भएको छ । इन्स्योरेन्सले पहिलो त्रैमासमा २० करोड ७३ लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ८२.५४ प्रतिशतले धेरै हो ।
इन्स्योरेन्सले गत वर्षको यसै अवधिमा ११ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद बिमा शुल्क आर्जन १३.३१ प्रतिशतले बढेर १ अर्ब २६ करोड ४९ लाख रुपैयाँ पुगेको छ । लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी सामान्य बढेको छ भने नोक्सानी व्यवस्थाबाट १३ करोड ४५ लाख रुपैयाँ फिर्ता गरेपछि खुद नाफामा आकर्षक सुधार भएको देखिन्छ ।
यस्तै, सूर्या लाइफको जगेडा कोष २१.५० प्रतिशतले घटेको छ भने जीवन बिमा कोष २९.६५ प्रतिशतले सुधार देखिएको छ । असोज मसान्तसम्म जगेडा कोषमा ७१ करोड २२ लाख रुपैयाँ र जीवन बिमा कोषमा १४ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ रहेको छ । सूर्याको चुक्ता पुँजी २ अर्ब ५५ करोड २ लाख रुपैयाँ रहेको छ ।
सूर्या लाइफ इन्स्योरेन्स हाल ज्योति लाइफ इन्स्योरेन्ससँग मर्जर प्रक्रियामा रहेको छ । असोज मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ५२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ २२ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्