Skip to content
LAXMI SUNRISE BANK

अनुमति नलिई चार्टर्ड उडानको टिकट नकाट्न प्राधिकरणको चेतावनी, यात्रुको बिचल्ली बनाए कार्वाही हुने

अर्थ सरोकार

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमतिबिना चार्टर्ड उडानको टिकट नकाट्न चेतावनी दिएको छ । अनुमति नलिई टिकट काट्ने र यात्रुलाई अलपत्र पार्ने गरेको भन्दै अनुमतिबिना चार्टर्ड उडानको टिकट नकाट्न प्राधिकरणले वायुसेवा कम्पनीहरुलाई चेतावनी दिएको हो ।

‘पछिल्लो केही दिनयता वायुसेवा कम्पनीहरुले चार्टर्ड उडानको टिकट काटेर यात्रुहरुलाई अलपत्र पारेको पाइएको छ’, प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने, ‘यसले गर्दा यात्रुहरुले ठूलो सास्ती भोग्नुपरेको छ । त्यसैले अव अनुमति नलिई चार्टर्ड उडानको टिकट नकाट्न वायुसेवा निगमहरुलाई निर्देशन दिइएको हो ।’

प्रवक्ता निरौलाका अनुसार अनुमति लिएर मात्र टिकटको बिक्री÷वितरण गर्न सम्बद्ध वायुसेवा कम्पनी र उनीहरुका जीएसएलाई समेत निर्देशन दिइएको छ । ‘अब पनि अनुमतिबिना टिकट काटेर यात्रु अलपत्र पारेको पाइयो भने सम्बन्धित वायुसेवा कम्पनीलाई कार्वाही हुन्छ’- प्रवक्ता निरौलाले भने ।

केही दिन अगाडि नेपाल एयरलाइन्स र यसै साता कुवेत एयरवेजले अनुमति नलिई चार्टर्ड उडानमा टिकट काटेसँगै यात्रु अलपत्र परेका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK