×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पम्फामाथि हावी भयो घण्टी, तोसिमाको जित निश्चित प्राय

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

पम्फामाथि हावी भयो घण्टी, तोसिमाको जित निश्चित प्राय

Artha Sarokar

५ मंसिर २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठेकी डा. तोसिमा कार्की जित नजिक पुगेकी छिन् । माओवादी केन्द्रबाट उठेकी पम्फा भुसालको सो क्षेत्रमा हार्ने निश्चित भएसँगै उनको जित निश्चितप्रायः भएको हो । पछिल्लो मत परिणाम अनुसार ललितपुर क्षेत्र नम्बर ३ मा ४०० मत गणनामा भुसाले १ भोट प्राप्त गरेकी छिन् । योसँगै उनको हार निश्चित भएको आंकलन गरिएको छ ।

यता चितवन छोडेर चुनाव लड्नका लागि गोरखा पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको जित निश्चित बनेको छ । भने चितवन क्षेत्र नम्बर २ मा चुनावमा भिडेका राष्ट्रिय स्वतन्त्र पार्टीका साभापति रवि लामिछानेको जित पक्कापक्की देखिएको हो । चितवनमा रविसँग चुनाव लडे हार्ने डरले प्रचण्ड गोरखा पुगेको विश्लेषकहरुले दाबी गरेका छन् । त्यस्तै, झापा क्षेत्र नम्बर ५ मा भने नेकपा एमालेका केपी शर्मा ओलीले ठूलो मतान्तरले विजयी हासिल गर्ने पक्का देखिएको छ ।

त्यस्तै, भावी प्रधानमन्त्रीका रुपमा हेरिएका गगन थापाको जित निश्चित देखिएको छ । काठमाडौं क्षेत्र नम्बर ४ चुनाव लडेका थापा ठुलो मतान्तरले जित हासिल गर्ने देखिएको हो । यता काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका इश्वर पोखरेलले चुनाव हार्ने संकेत देखिएको छ । सो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका प्रदिप पौडेलसँग लडेका पोखरेलले चुनाव हार्ने ठुलो सम्भावना रहेको तथ्य विभिन्न एक्जिट पोलहरुले देखाएका छन् ।

त्यस्तै अघिल्लो पटक चुनाव हारेका रविन्द्र मिश्रले यसपटक पनि चुनाव हार्ने भएका छन् । यसअघि काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा दोश्रो भएका उनी यसपाली तेश्रो हुने आंकडा गरिएको छ । यो हारसँग उनको राजनीतिक जीवन नैतिक संकटमा परेको विश्लेषण हुन थालेको छ ।

त्यस्तै चितवन क्षेत्र नम्बर १ बाट हरि ढकालले सानदार जित निकाल्ने निश्चित प्राय भएको छ । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र नेपाली कांग्रेसका तर्फबाट उठेका विश्व पौडेललाई हराउंदै रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठेका ढकालले सानदार जित निकाल्ने भएका हुन् । यता डा. बाबुराम भट्टराईले हदैसम्मको मेहेनत गरेपनि उनकी छोरी मानुसी भट्टराई यमी भने चुनावमा हार्ने भएकी छिन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी