काठमाडौं । त्रिभुवन विश्वाविद्यालयले निर्वाचनको समयमा एक साता विदा दिने तयारी गरेको छ । आसन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य चुनावलाई लक्षित गर्दै विश्वविद्यालयले एक साता विदा दिने तयारी गरेको हो ।
जाडो विदालाई समायोजन गर्ने गरी मंसिर ४ गते हुने निर्वाचनको समयमा विदा दिने सुझा आएसँगै सोही अनुसार तयारी थालेको शिक्षाध्यक्ष शिवलाल भूसालले बताएका छन् ।
‘चुनावका बेला विद्यार्थीहरु पनि मतदान गर्न जान्छन् । कतिपय क्याम्पसहरुमा मतदान केन्द्र पर्ने भएकाले पनि केही असहज हुन सक्छ’, भूसालले भने, ‘सोही कुरालाई ध्यानमा राख्दै विभिन्न व्यक्ति तथा निकायबाट आएको सुझावलाई महत्व दिँदै निर्वाचनको समयमा एक साता विदा दिने तयारी गरिएको हो ।’
यद्यपी विद्यार्थीहरुले चुनावको समयमा नै जाडो विदा दिन आग्रह गरेका छन् । तर, चुनावको समयमा लामो विदा दिन नहुने सुझाव आएपछि जाडो विदा नियमित समयमा नै दिइने भूसालले बताएका छन् । भूसालका अनुसार विदा आगामी मंसिर १ गतेदेखि ६ गतेसम्म हुनेछ तर विदाको समय भने निर्धारण भइसकेको छैन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्