×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ट्विटरको नियमः भेरिफाइड अकाउन्टले मासिक ८ डलर तिर्नुपर्ने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार

PRIME CA
laxmi sunrise bank

ट्विटरको नियमः भेरिफाइड अकाउन्टले मासिक ८ डलर तिर्नुपर्ने

काठमाडौं । ट्विटरमा भेरिफाइड अकाउन्टका लागि नयाँ नियम लागू भएको छ । अब ट्विटर अकाउन्ट भेरिफाइड भएको संकेट (नीलो रंगको टिक मार्क)का लागि मासिक आठ डलर तिर्नुपर्ने भएको छ ।

ट्विटरको स्वामित्व एलन मस्कले लिएसँगै यो नियम लागू गरिएको हो । यसअघि मस्कले यसका लागि २० डलरको प्रस्ताव राखेका थिए । तर, फरक फरक देशको क्रयशक्तिका आधारमा मासिक आठ डलर तोकिएको ट्वीटरका सिईओ एलन मस्कले जनाएका छन् ।

मासिक ८ डलर तिर्ने भेरिफाइड अकाउन्टका लागि ट्विटरमा खास फिचर भएको समेत मस्कले जनाएका छन् । मस्कका अनुसार आगामी दिनमा पैसा दिनेहरुका लागि कम विज्ञापन, खोज्न र जवाफ दिन सहज, लामो अडियो भिडियो पोष्ट गर्न मिल्ने लगाएतका धेरै सुविधा पाइने छ । यसबाट ट्विटरको आम्दानी बढ्ने र कन्टेन्ट बनाउनेहरुलाई पनि फाइदा हुने मस्कका भनाई छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: