×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमालेको संकल्पः आर्थिक वृद्धिका आधारमा सामाजिक सुरक्षा भत्ता बढाउने, न्युनतम ज्याला बढाएर २५ हजार पुर्याउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एमालेको संकल्पः आर्थिक वृद्धिका आधारमा सामाजिक सुरक्षा भत्ता बढाउने, न्युनतम ज्याला बढाएर २५ हजार पुर्याउने

Artha Sarokar

१६ कार्तिक २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेकपा एमालेले सबै प्रकारका सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेको छ । आसन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले सार्वजनिक गरेको घोषणापत्रमा सो कुरा उल्लेख गरिएको छ ।

सामाजिक सुरक्षा भत्ता देशको आर्थिक वृद्धिका आधारमा मात्रै हुनेछ । यसो त एमालेले यसभन्दा अघि वृद्धभत्ता मासिक ५ हजार पुर्याउने घोषणा गरेको थियो । हाल मासिक चार हजार रुपैयाँ वृद्धभत्ता दिने गरिएको छ ।

एमालेले सार्वजनिक गरेको घोषणापत्रमा गर्भावस्थामा पोषण र स्वास्थ्य परिक्षण, बाल्यावस्थामा बालसंरक्षण अनुदान, विद्यालय उमेरमा निःशुल्क शिक्षा र दिवा खाजा, वयस्क उमेरमा कामको ग्यारेन्टी र न्यूनतम ज्याला तथा वृद्ध अवस्थामा सामाजिक सुरक्षा भत्ताको प्रबन्ध गरी प्रत्येक नागरिकलाई गर्भावस्थादेखि वृद्धावस्थासम्म राज्यद्धारा सुरक्षा दिईने उल्लेख गरिएको छ ।

त्यस्तै, ज्येष्ठ नागरिक, दलित, एकल महिला, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख जाति तथा लक्षित वर्ग र क्षेत्रका बालबालिका गरी पाँच वर्षमा ६० लाखले सामाजिक सुरक्षा भत्ता पाउने घोषणापत्रमा उल्लेख गरिएको छ । आगामी पाँच वर्षमा १५ हजार रहेको न्यूनतम ज्याला मासिक २५ हजार पुर्याउने समेत एमालेको संकल्पमा समावेश गरिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी