काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले सरकारी, पर्ति, ऐलानी र खोला किनार अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना हटाउन ३५ दिने अल्टिमेटम जारी गरेको छ ।
प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै अतिक्रमण गरी निर्माण गरिएका सबै अनधिकृत संरचना हटाउन निर्देशन दिएको हो । तोकिएको मितिमा नहटाएमा अतिक्रमण गरी निर्माण गरिएका संरचना प्राधिकरणले हटाउने र त्यसरी हटाउँदा वा भत्काउँदा लागेको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने उल्लेख गरेको छ ।
सोमबार काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयले आक्रमण गरेका थिए । वैकल्पिक व्यवस्थाबिनै विस्थापित गर्न खोजको भन्दै स्थानीयले ढुंगामुढा समेत गरेका थिए ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्