काठमाडौं । विश्वकप फुटबल हेर्न नेपाली दर्शकले अतिरिक्ति शुल्क तिर्नुपर्ने भएको छ । मिडिया हब प्रालिले विश्वकप हेर्नका लागि दर्शकसँग अतिरिक्त शुल्क लिन पाउने गरी सर्वोच्च अदालतले आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश प्रकाश कुमार ढुंगाना र डा मनोज कुमार शर्माको संयुक्त इजलासले विश्वकप देखाउँदा शुल्क लिन पाउने व्यवस्था गरिदिएको हो । यसअघि कात्तिक २२ गते सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह रावतले विश्वकप देखाउनका लागि ५ सय रुपैयाँ लिनुको कारण पेस गर्न निर्देशन दिँदै तत्काल ५ सय रुपैयाँ नलिन अल्पकालीन अन्तरिम आदेश जारी गरेका थिए ।
अधिवक्ता किशोर पौडेलले मिडिया हबले विश्वकप देखाउँदा नियमविपरित थप ५ सय रुपैयाँ लिन लागेको भन्दै उक्त कार्य रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।सर्वोच्चको अन्तरिम आदेशपछि मिडिया हबले अल्पकालीन अन्तरिम आदेश खारेजको माग गर्दै भ्याकेट निवेदन पेस गरेको थियो ।
उक्त निवेदनमा सुनुवाइ गर्दै कात्तिक २८ गते सर्वोच्चका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुयालको इजलासले अग्राधिकार प्रदान गर्ने आदेश गरेको थियो ।त्यसपछि आज बुधबार भएको सुनुवाइमा मिडिया हबले थप शुल्क लिन नमिल्ने गरि कानूनी व्यवस्था नभएको भन्दै शुल्क लिन रोक्ने गरी आदेश जारी गर्नु पर्ने अवस्था नभएको सर्वोच्चले ठहर गरेको छ ।
नेपालमा विश्वकप देखाउँन मिडिया हबले अधिकार खरिद गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्