×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

वर्ल्डलिंकको सेवा लिने ७ ग्राहकलाई ४३ इन्चको स्मार्ट टिभी कोसेली

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले देशभरबाट छनोटमा परेका ७ जना ग्राहकलाई ४३ इन्चको स्मार्ट टेलिभिजन (टिभी) कोसेली प्रदान गरेको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा काम गरिरहेको वर्ल्डलिंकले सेवा सुरु गरेको २७ वर्षमा ७ लाख ग्राहक बनाउन सफल भएको अवसर पारी ७ जना ग्राहकलाई टेलिभिजन कोसेली दिएको हो ।

१ लाखदेखि ७औं लाख ग्राहक नम्बर भएका ग्राहकलाई कोसेली प्रदान गरेको वर्ल्डलिंकले जनाएको छ । टेलिभिजन कोसेली पाउनेमा मकवानपुर हेटौंडाका निरज बराइली, झापा बिर्तामोडकी मनिसा राई, बुटवलका विजय थापा, सुर्खेतका शिवराम रोकाया, भक्तपुर गठ्ठाघरका भीमबहादुर कुमाल, राष्ट्रबैंक चोक पोखराका रविन थापा र बालाजुका हुमनाथ अघिकारी छन् ।

बराइली वर्ल्डलिंकको इन्टरनेट सेवा लिने १ लाख नम्बरका ग्राहक हुन् । सन् २०१७ को मे मा वल्र्डलिंकले १ लाख ग्राहक बनाएको थियो । यस्तै, बिर्तामोडकी राई वर्ल्डलिंककी २ लाख नम्बरकी ग्राहक हुन् । सन् २०१८ मा वर्ल्डलिंकले २ लाख ग्राहक संख्या पार गरेको थियो । बुटवलका थापा ३ लाख नम्बरका ग्राहक हुन् । उनी सन् २०१९ मा वल्र्डलिंकको ग्राहक बनेका थिए । यी वर्ष फेब्रवरीमा वर्ल्डलिंक ३ लाख ग्राहक बनाउन सफल भएको थियो ।

सुर्खेतका रोकाया, गठ्ठाघरका कुमाल, पोखरा राष्ट्रबैंक चोकका रविन र बालाजुका अधिकारी क्रमशः ४ लाख, ५ लाख, ६ लाख र ७ लाख नम्बरका ग्राहक हुन् । उनीहरूले सन् २०२० यता वर्ल्डलिंकको ग्राहक बनेका हुन् । सन् १९९५ बाट सेवा सुरु गरेको वर्ल्डलिंकले २७ वर्षमा गत नोभेम्बर १४ मा ग्राहकको संख्या ७ लाख पुर्याएको हो । सबैभन्दा बढी ग्राहक कोभिड-१९ महामारीपछि थपिएको वर्ल्डलिंकले जनाएको छ । सन् २०१९ को फेब्रवरीसम्म ३ लाख ग्राहक बनेकोमा सन् २०२२ को नोभेम्बरसम्म आइपुग्दा थप ४ लाख ग्राहक थपिएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले दिएको जानकारी अनुसार एउटा घररकार्यालयमा लिइएको इन्टरनेट कनेक्सन औसतमा ४.३ जना प्रयोगकर्ताले प्रयोग गर्ने गरेका छन् । यसलाई आधार मान्दा देशभरमा नेपालमा वर्ल्डलिंकको इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकको संख्या ३० लाख २४ हजारभन्दा बढी छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: