काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने भएको छ । लघुवित्तको शुक्रबार बसेको संचालक समितिको बैठकले सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आँधिखोलाको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुने भएको छ । आँधिखोलाले आघिल्लो वर्ष भने १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । हाल आँधिखोला र सीवाइसी नेपाल लघुवित्त मर्जर प्रक्रियामा रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्