×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘निष्ठुरी अर्जेन्टिना’ : विश्वकप जितेपछि अरुलाई धन्यवाद दियो, नेपाललाई सम्झिएन…

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘निष्ठुरी अर्जेन्टिना’ : विश्वकप जितेपछि अरुलाई धन्यवाद दियो, नेपाललाई सम्झिएन…

Artha Sarokar

५ पुष २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सन् २०२२ को विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले उचाल्यो । फाइनल खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै ३६ वर्षपछि अर्जेन्टिनाले विश्वकपको उपाधि हात पार्यो ।

विश्वकपको जितसँगै सुपर स्टार फुटबलर मेसीले सर्वकालीन महान्को सूचीमा आफ्नो स्थान सुनिश्चित गरे । अर्थात उनी फुटबलको विश्व च्याम्पियन बने । अर्जेन्टिनाको जित र मेसीले रचेको इतिहासबाट अर्जेन्टिना र विशेष गरी मेसीका फ्यान निकै उत्साहित पनि बने । अझ भनौ अर्जेन्टिनाको जितलाई आफ्नै जितसरह उत्सवसमेत मनाए ।

यसो त नेपाली धरातलमा विश्वकप फुटबलको क्रेज यतिसम्म छ की नेपालीहरु भोक, प्यास, निद्रा वा थकान केही नभनी विश्वकप अवधिभर आ-आफ्नो समर्थक टिमलाई समर्थन जनाईरहे । आफ्नो समर्थन टिमले पराजय भोग्दा वा विजयी हुँदा फेसबुकका भित्ता पुरै विश्वकपका पोष्टहरुले रंगिन्थे । अझ भनौं विश्वकप खेल्नेलाई भन्दा नेपाली दर्शक र फ्यानलाई विश्वकप औधी लागेको थियो । यसैबीच फाइनलमा फ्रान्सलाई हराउँदै अर्जेन्टिना विजयी भएसँगै नेपाली फुटबल फ्यानहरुमा अर्जेन्टिनाको जित छरपस्ट भयो ।

धेरैले अर्जेन्टिनालाई बधाई दिए । कतिपयले उत्सव नै मनाए भने कतिपयले त झन् पार्टी नै दिए । सामाजिक सञ्जालमा अर्जेन्टिना र मेसीका फ्यानहरुमा खुसीको छुट्टै रौनक देखिन्थ्यो भने फाइनलमा फ्रान्सलाई समर्थन गरेकाहरु खिसिट्युरीको पात्र बने । तर, अर्जेन्टिनाको टिमले जितपछि नेपाली फ्यानहरुलाई धन्यवादसम्म दिएन ।

अर्जेन्टिनाले विश्वकपको उपाधि जितेपछि अर्जेन्टिनाको राष्ट्रिय टिमको अफिसियल ट्वीटर ह्याण्डलबाट विभिन्न देशमा रहेका आफ्ना समर्थकहरुलाई धन्याबाद र बधाई दिईरहेको छ । तर, उक्त ह्याण्डलले नेपाललाई भने सम्झिएन । ट्वीटरमार्फत भारत बंग्लादेश र पाकिस्तानका समर्थकले अर्जेन्टिनाको जितको खुसीमा बनाएको भिडियोहरुको रिट्वीट गर्दै राष्ट्रय टिमको अफिसियल ह्याण्डलबाट धन्यवाद दियो तर नेपाललाई सम्झिएन ।

अहिले अर्जेन्टिनी टोली कतारबाट च्याम्पियन बनेर उपाधिका साथ अर्जेन्टिना फर्किसकेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी