×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नेपालको अर्थतन्त्रको भविष्य उज्वल छ, संकटमा छ भन्ने नबुझ्नेले मात्र हो’ – अर्थमन्त्री शर्मा

PRIME CA
GLOBAL IME BANK

‘नेपालको अर्थतन्त्रको भविष्य उज्वल छ, संकटमा छ भन्ने नबुझ्नेले मात्र हो’ – अर्थमन्त्री शर्मा

१५ मंसिर २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र संकटमा नभएको बताएका छन् । आर्थिक पत्रकार समाज सेजनको २६औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।

यद्यपी अर्थमन्त्री शर्माले अहिले अर्थतन्त्रलाई केही चुनौती भएको स्वीकारेका छन् । ‘अर्थतन्त्र संकटमा छ भन्नु नबुझ्ने कुरा हो’, अर्थमन्त्री शर्माले भने, ‘अहिले केही चुनौतीको सामना अर्थतन्त्रले गरिरहेको छ । त्यसको उपाय खोज्नु पर्छ ।’

त्यस्तै, अर्थमन्त्री शर्माले हालको अवस्थमा नेपालको अर्थतन्त्रमा सुधार हुँदै गएको बताएका छन् । ‘अहिले अर्थतन्त्र सुधारोन्मुख छ’, उनले भने, ‘राजस्वमा केही चुनौती रहेकाले यसलाई सुधार्न आवश्यक छ । सञ्चिति पनि सकारात्मक नै छ । त्यसैले, अर्थतन्त्रमा संकट छैन ।’

कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्रको विशेषतालाई बुझ्न समेत आग्रह गरेका छन् । ‘नेपालको अर्थतन्त्र ह्वात्तै घट्ने र सिधै माथि जाने अवस्था छैन । यद्यपी राजस्व संकुचन र उत्पान वृद्धि भने हुन सकेको छैन ।’ –उनले भने ।

अर्थतन्त्रमा ७० प्रतिशतभन्दा धेरै हिस्सा निजी क्षेत्रको रहेको जानकारी गराउँदै अर्थमन्त्री शर्माले निजी क्षेत्रको मागलाई सम्बोधन गर्दै सहकार्य गर्न आवश्यक रहेको बताएका छन् । व्यापार घाटा कम गर्न नयाँ योजनाहरु ल्याएर लगानीलाई केन्द्रीत गर्नुपर्नेमा अर्थमन्त्रीले जोड दिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: