काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र काबुभन्दा बाहिर गइनसकेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितिसँगको भेटमा उनले अफ्ठ्याराहरु भए पनि अर्थतन्त्र काबुभन्दा बाहिर नगएको बताएका हुन् ।
‘अहिलेको अर्थतन्त्रमा समस्याहरु जरुर छन्, तर अर्थतन्त्र काबुभन्दा बाहिर गएको छैन’, अर्थमन्त्री पौडेलले भने, ‘बाहिर रहँदा पनि मैले समस्याका बारेमा हेरिरहेको थिँए, अहिले भित्र रहँदा अवस्था अलि भिन्नै छ तर पनि समाधानतर्फ केन्द्रित हुने नै छु ।’ पत्रकारसँगको भेटघाटका क्रममा अर्थमन्त्री पौडेलले आफुले राम्रो गरे राम्रो र गलत गरे आलोचनात्मक टिप्पणी गर्न आग्रह गरेका छन् ।
त्यस्तै, अर्थमन्त्री शर्माले सबैको साझा सरोकारको रुपमा रहेको अर्थतन्त्रलाई लयमा ल्याउन अधिकतम पहल गर्ने प्रतिबद्धता गरेका छन् । ‘अर्थतन्त्रमा देखिएको समस्याको उपयुक्त समाधान खोज्नुपर्नेछ’, उनले भने, ‘डिलमा रहेको अर्थतन्त्रलाई सुधारको बाटोमा ल्याएर देशलाई समृद्धितर्फ उन्मुख गराउन सम्पूर्ण क्षेत्रले सरकारसँग सहकार्य गर्नुपर्छ ।’
नवनियुक्त अर्थमन्त्रीलाई बधाई दिँदै नाफिजका अध्यक्ष मोदनाथ ढकालले बिग्रदो अर्थतन्त्रलाई लयमा ल्याउन तत्काल पहल गर्नुपर्ने सुझाव दिएका छन् । अर्थतन्त्र सुधार र देशको समृद्धिमा सरकारलाई सघाउने प्रतिबद्धता गर्दै ढकालले आगामी दिनमा सरकारसँग सहकार्य गर्ने समेत बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्