Skip to content
LAXMI SUNRISE BANK

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

अर्थ सरोकार

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला नुवाकोट ककनी गाउँपालिका घर भई हाल काठमाडौंको तार्केश्वर नगरपालिका वडा नं. ६ जरंखु बस्ने २९ वर्षीय श्रीराम घिमिरे सो कसुरमा पक्राउ परेका हुन् ।

बिगो ४ लाख ५० हजार रहेको बैंकिङ कसुर मुद्दामा फरार रहेका घिमिरेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले मङ्सिर २० गते बालाजुबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीक लागि प्रहरी वृत्त बालाजु पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK