×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

Artha Sarokar

५ पुष २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला काभ्रेपलान्चोक साबिक टुकुचा गा.बि.स वडा नं. २ हाल परिवर्तित बनेपा नगरपालिका वडा नं. १ स्थाई घर भई हाल काठमाडौंको बानेश्वरमा बस्ने ४२ वर्षीय श्रीकृष्ण कार्की पक्राउ परेका हुन् ।

उच्च अदालत पाटनको मिति २०७७ साल पुस ९ गतेको फैसला अनुरुप कार्कीलाई ११ लाख ९५ हजार रुपैयाँ जरिवाना र ७ दिन कैद सजाय तोकेको थियो । फरार रहेका कार्कीलाई उपत्यका अपराध अनुसन्धान कार्यालबाट खटिएको प्रहरी टोलिले मिति २०७९ पुस ५ गते मंगलबार बानेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका कार्कीलाई थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी