काठमाडौं । बाराही हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा पुस ३ गते आइतबार सेयरको बाँडफाँड गरिएको हो ।
कम्पनीले मंसिर २१ गतेदेखि २६ गतेसम्म कुल ५ लाख ५४ कित्ता साधारण सेयर निस्काशन गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् २७ हजार कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ११ हजार ८० कित्ता सेयर कर्मचारीहरुको लागि छुट्याइएको थियो । बाँकि ५ लाख १५ हजार २ सय २० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।
उक्त आइपीओमा गोलाप्रथामार्फत १० कित्ताका दरले ५१ हजार ५ सय २२ जनाले सेयर हात परेका छन् । यस्तै, १५ हजार ४० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल जानकारी दिएको छ । लगानीकर्ताले एनआइबीएल एस क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्