गुल्मी । ‘काम गरे स्वदेशमै पनि सुन फलाउन सकिन्छ’ भन्ने चरितार्थलाई प्रमाणित गरेकी छिन् गुल्मीकी २० वर्षिया विपना महतले । गुल्मीको मुसिकोट नगरपालिका २ की विपना महतले अहिले चिया बेचेरै मासिक ९० हजार रुपैयाँ आम्दानी गर्छिन् । पुस महिना, अझ पहाडी क्षेत्रमा चिसोको प्रवाभ तराईमा भन्दा अलि बेसी नै छ । यही बेला विपना जिल्लाको सदरमुकाम तम्घासमा चिया बेचेर धेरैका लागि प्रेरणाको स्रोत बनेकी छिन् ।
विपनाले बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म तम्घास बजारमा डुलेर दैनिक दुई सय कप चिया बेच्छिन् । बजारमा चियाको मूल्य २५ रुपैयाँ भए पनि विपनाले एक कप चिया रु. २० का दरले बेच्ने गर्छिन् । ‘चिया बेचेर दैनिक रु. तीन हजारका दरले मासिक ९० हजार रुपैयाँ कमाइ हुन्छ’, उनी भन्छिन्, ‘घरखर्च सबै कटाएर मासिक ६० हजार रुपैयाँ बचत हुन्छ ।’ विपनाले दैनिक चारदेखि पाँच हजारसम्म कमाइ गरे पनि मासिकरूपमा औसत कमाइ रु. तीन हजार भएको बताएकी छिन् ।
रेसुङ्गा बहुमुखी क्याम्पसबाट ‘प्लस टु’ सकेकी विपना माध्यमिक शिक्षा परीक्षा (एसइई) पछि उच्च शिक्षाका लागि तम्घास आएकी हुन् । पढाईसँगै फुर्सदको समयमा केही गरौँ भन्ने सोचेकी विपनाले चिया बेच्ने निर्णय गरिन् । विपनाले मामाघरमै चिया पकाउने थर्मसभरि चिया राखेर गिलासहित बजार डुलेर चिया बेच्ने, राम्रो भएमा निरन्तरता दिने होइन भने छाड्ने भनेर चिया बेच्न सुरु गरिन् । तम्घास बजारमा डुल्दा चिया अधिकतम मात्रामा बिक्री भएर आम्दानी हुन थालेपछि विगत एक वर्षदेखि उनले निरन्तर रुपमा चिया बेचिरहेकी छिन् ।
अनुभव सङ्गाल्ने भनेरै चिया बेच्न सुरु गरेको विपना बताउँछिन् । ‘अनुभव हुन्छ भनेर बजारमा चिया बेच्दा फाइदा हुन थाल्यो, अनि निरन्तरा दिएँ’, उनले भनिन्, ‘मलाई लाज र डर भन्ने त कहिल्यै कसैसँग लागेन ।’ तम्घास बजारमै दुई सयभन्दा बढी कप चिया बिक्री भएर मनग्य आम्दानी भएपछि यसैलाई दीर्घकालीनरूपमा निरन्तरता दिने विपनाले बताएकी छिन् ।
आमाबुवा र आफन्त आफ्नो कर्मबाट खुसी भएको विपनाले बताइन् । उनी बिहान ६ बजेदेखि बजारमा चिया बेच्न सुरु गर्छिन् । त्यसपछि फर्किएर खाना खाएपछि १२ बजे निस्किन्छिन् । तम्घास बजारमा चिया बिक्री नहुने समस्या कुनै दिन पनि नरहेको विपनाले बताइन् । आफूले तयार गरेको चिया छोटो समयमै खपत हुने गरेको उनको भनाई रहेको छ । उनलाई अहिले तम्घासमा हुने सार्वजनिक कार्यक्रममा पनि चिया बेच्न भ्याइनभ्याइ छ । कार्यक्रम आयोजकले आफ्ना पाहुनालाई विपनामार्फत चिया खुवाउने गरेका छन् । कार्यक्रममा उपस्थित भएर चिया खानेहरुले पनि mविपनाको खुलेरै प्रशंसा गर्छन् ।
विपना उपल्लो तम्घासमा रहेको मामाघरमा बस्दै आएकी छिन् । विपनाले आफूजस्ता भर्खरैका युवायुवतीलाई आफ्नै गाउँठाउँमा केही रोजगार वा व्यवसाय गर्न सुझाव दिएकी छिन् । केही कामका लागि लजाउने वा डराउने बानी राख्नै नहुने उनी बताउछिन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्