×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अस्ताए बुद्ध ऐयरका संस्थापक सुरेन्द्र बहादुर बस्नेत…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

अस्ताए बुद्ध ऐयरका संस्थापक सुरेन्द्र बहादुर बस्नेत…

Artha Sarokar

१० पुष २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बुद्ध ऐयरका संस्थापक अध्यक्ष सुरेन्द्र बहादुर बस्नेतको निधन भएको छ । विक्रम संवत् १९८४ मा भोजपुरको दिंगलस्थित साल्मामा जन्मिएका बस्नेतको ९५ वर्षको उमेरमा आइतबार निधन भएको हो ।

बस्नेतले बनारस हिन्दु विश्वविद्यालयबाट एमए र एलएलबीसम्मको अध्ययन पूरा गरेका थिए । सवोच्च अदालतको न्यायधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त र नेपाल प्रेस काउन्सिलको प्रथम अध्यक्ष समेत बनेको उनी कानुन तथा न्याय, शिक्षा मन्त्री र अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसमेत भएका थिए ।

७० वर्षको उमेरमा बस्नेतले बुद्ध एयरको स्थापना गरेका थिए । हाल बुद्ध ऐयरको प्रबन्ध निर्देशकका रुपमा उनका जेठा छोरा वीरेन्द्रबहादुर बस्नेत रहेका छन् । बस्नेतका २ छोरा र १ छोरी छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी