काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना बित्दा पनि बजेट नल्याउने स्थानीय तहलाई संघीय सरकारले ताकेता गरेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार गाउँ/नगरसभाले असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्छ । तर, चालु आर्थिक वर्षको पाँच महिना बितिसक्दा पनि सिराहको औरही गाउँपालिका र कर्जन्हा नगरपालिका, धनुषाको नगराइन नगरपालिका र कमला नगरपालिका, सर्लाहीको विष्णु गाउँपालिका र बौधीमाई नगरपालिका, रौतहटको यमुनामाई गाउँपालिका र बाँकेको डडुवा गाउँपालिकाले बजेट ल्याउन सकेका छैनन् ।
बजेट पारित नहुँदा स्थानीय तह मार्फत प्रदान गरिने सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, पूर्वाधार र सुशासन लगायतका काम प्रभावित भएको गुनासो आएको संघीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । योसँगै नेपालको संविधान, स्थानीय तहलाई प्राप्त अधिकार र प्रचलित कानुनको पूर्ण पालना गरी जनतालाई प्रदान गरिने सेवा प्रवाह गर्न/गराउन समेत मन्त्रालयले निर्देशन दिएको छ ।
चालु आर्थिक वर्षको पाँच महिना बितिसक्दा पनि बजेट नल्याएको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगातयका नियमनकारी निकायले उठाउन थालेपछि मन्त्रालयले स्थानीय तहहरुलाई सचेत गराएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्