काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको साधारणसभा हुने भएको छ । बैंकको साधारण सभा पुस १४ गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुने भएको छ । बैंकको मङ्सिर २१ गते बसेको संचालक समितिको बैठकले साधारणसभा बस्ने निर्णय गरेको हो ।
सभामा बैंकले ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । साथै, आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहेको छ । सभामा बैंकलाई प्रभु बैंकले १ः१ सेयर स्वाप रेसियोमा प्राप्ति गर्नका लागि अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि रहेको छ ।
सभा प्रयोजनका लागि बैंकले पुस ४ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस ३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्