×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अनलाइनबाटै सजिलै यसरी खोल्न सकिन्छ सेञ्चुरी कमर्सियल बैंकमा खाता

PRIME CA
GLOBAL IME BANK

अनलाइनबाटै सजिलै यसरी खोल्न सकिन्छ सेञ्चुरी कमर्सियल बैंकमा खाता

२६ मंसिर २०७९, सोमबार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौं । अहिले नेपाली बैंकिङ क्षेत्रमा डिजिटलाईजेशनको होडबाजी छ । प्रविधिको बढ्दो प्रयोगसँगै बैंक तथा वित्तीय संस्थाहरु पनि आफ्ना सेवाहरुलाई प्रविधिसँग जोड्ने दौडमा छन् । केही समययता नेपाली बैंकिङ क्षेत्रमा प्रविधिसँग सम्बन्धीत नविनतम सेवाहरुको प्रयोगसमेत भईसकेको छ । यसैबीच आफ्ना सेवा तथा सुविधाका कारण लोकप्रिय बन्दै गएको सेञ्चुरी कमर्सियल बैंकले पनि आफ्ना अधिकांश सेवाहरुलाई डिजिटलाईज गरिसकेको छ ।

अहिले पनि बैंकमा खाता खोल्नका लागि अधिकांश ग्राहक हातमा नागरिकता, फोटो र अन्य कागजात बोकेर बैंकमै पुग्ने गर्छन् । अझ भनौँ लामो समयको यात्रापछि भौतिक उपस्थितिमै खाता खोल्छन् । तर, सेञ्चुरी कमर्सियल बैंकले ग्राहकको भौतिक उपस्थितिबिनै पनि खाता खोल्न सकिने सुविधा प्रयोगमा ल्याएको छ । अर्थात सेञ्चुरी कमर्सियल बैंकमा अनलाईनबाटै पनि खाता खोल्न सकिन्छ ।

 अनलाईनबाटै खाता खोल्न के गर्ने ?

यसो त प्रविधिको प्रयोग अहिले धेरैका लागि नौलो होइन । प्राय सबैले आफ्नौ दैनिक जीवनमा मोबाइल–फोन वा कम्प्युटरको प्रयोग गरी नै रहन्छन् । र सेञ्चुरी कमर्सियल बैंकमा अनलाईनबाटै खाता खोल्नका लागि यो प्रयाप्त हुन्छ ।

सेञ्चुरी बैंकमा अनलाईनबाट खाता खोल्नका लागि सबैभन्दा पहिला आफ्नो मोबाईल वा कम्प्युटरमा onlineaccount.centurybank.com.np लगईन गर्नुपर्छ । सेञ्चुरी बैंकको अनलाइन एकाउन्ट ओपनिङ फर्म खुलेसँगै तपाईले खाता खोल्न चाहेको प्रदेश र ब्रान्च उल्लेख गरी, खाताको प्रकार छानेर प्रोसिड गर्नुपर्छ । त्यसपछि आफ्नो सम्पूर्ण व्यक्तिगत विवरण उल्लेख गरी रिसिभ भेरिफिकेसन कोडमा क्लिक गर्नुपर्छ ।

फर्ममा उल्लेख गरेको फोन नम्बर वा इमेलमा एउटा कोर्ड आउँछ । र सोही कोर्ड प्रयोग गरी भेरिफाई गरेसँगै अर्को अप्सन खुला हुन्छ । जहाँ आफ्नो सम्पूर्ण विवरण, पासपोर्ट साईजको फोटो, नागरिकता वा राष्ट्रिय परिचयपत्रको फोटो र हकवालाको फोटो र परिचयपत्र समावेश गर्नुपर्छ । सम्पूर्ण विवरण उल्लेख गरेपछि फर्ममा समावेश गरिएका विवरण सही छ वा छैन भनि समिक्षा गर्नुपर्छ र पेश गर्नुपर्छ । यसरी अनलाईनबाट सम्पूर्ण विवरण उल्लेख गरी अनलाईन फर्म पेश गरेपछि सजिलै सेञ्चुरी बैंकको ग्राहक बन्न सकिन्छ ।

अनलाईनबाट खाता खोल्नेहरु बढे
पछिल्लो समय सेञ्चुरी बैंकमा अनलाईनबाट खाता खोल्नेहरुको संख्यामा वृद्धि भएको बैंकले जनाएको छ । बैंकका अनुसार विगतमा खाता खोल्न बैंकमा पुग्नेहरुको भिड लाग्ने गरेको भएपनि अनलाईनबाट खाता खोल्न मिल्ने व्यवस्था गरेसँगै खाता खोल्नकै लागि बैंक पुग्नेहरुको संख्या घटेको छ ।

‘विगतमा बैंकमा खाता खोल्नेहरुको लाईन हुन्थ्यो । ग्राहकहरु हातमा नागरिकता र कागजात बोकेरै बैंक पुग्थे । बैंकका कर्मचारीलाई पनि भ्याईनभ्याई हुन्थ्यो’, बैंकका एक पुराना कर्मचारीले भने, ‘आजभोली बैंकमा खाता खोल्न आउनेहरु घटेका छन् । भौतिक फारम भरेर भन्दा अनलाईनबाट खाता खोल्नेहरुको फ्लो बढेको छ ।’

अनलाईन फर्म कत्तिको भरपर्दो छ ?
यसो त पछिल्ला केही घटनाहरुले अनलाईनमा आफ्नो विवरण राख्नु ठिक छ त ? भन्ने प्रश्न उब्जाएको छ । अनलाईनबाट खाता खोल्दा पनि आफ्नो सम्पूर्ण विवरण अनलाईनमै राख्नुपर्छ । केही ग्राहक भन्छन् – ‘यसले ग्राहकको गोपनीयता भंग त हुँदैन ? वा कसैले डकुमेन्ट्स तथा विवरणको दुरुपयोग त गर्दैन ?’ यो प्रश्न उठ्नु स्वभाविक हो ।

तर, अनलाईनबाट बैंक खाता खोल्दा ग्राहकको सम्पूर्ण विवरण सुरक्षित रहने सेञ्चुरी बैंकका आईटी विभागका कर्मचारीले बताएका छन् । ‘अनलाईन फर्म भर्दा समस्या देखिएको केही घटना भएको भए पनि सेञ्चुरी बैंकको हकमा भने त्यस्तो छैन’, ती कर्मचारीले भने, ‘ग्राहकले एकपटक फर्म पेश गरेपछि आफैले पनि पुनः हेर्न मिल्दैन ।’

#ADVT

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: