×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खानपिनमा रमाइलो : सेञ्चुरी कमर्सियल बैंकका ग्राहकलाई जताततै छुटैछुट !

PRIME CA
GLOBAL IME BANK

खानपिनमा रमाइलो : सेञ्चुरी कमर्सियल बैंकका ग्राहकलाई जताततै छुटैछुट !

२६ मंसिर २०७९, सोमबार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौं । संसार ‘विश्वकप फुटबल’को माहोलमा रुमलिएकाबेला सेञ्चुरी कमर्सियल बैंकले ग्राहकका लागि एक स्पेशल अफर ल्याएको छ । जहाँ सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले ‘बाजेको सेकुवा’मा १० प्रतिशत छुटसहित कतारमा जारी विश्वकप फुटबलको लाईभ प्रसारण हेर्न पाउनेछन् । बैंकले आफ्ना ग्राहकका लागि ल्याएको सो अफरका लागि ग्राहकले भुक्तानीका लागि सेञ्चुरी बैंकको कार्ड वा पे–एप्लिकेशनको प्रयोग गर्नुपर्नेछ । ग्राहकहरुले यो सेवा काठमाडौंको बत्तिसपुतली, सोह्रखुट्टे र अनामनगरमा रहेको ‘बाजेको सेकुवा’ शाखाबाट पाउन सक्नेछन् । यसो त बैंकले ‘वल्र्डकप’लाई लक्षित गर्दै यो अफर ल्याएको भएपनि यसअघि ग्राहकलक्षित थुप्रै अफर तथा सेवाहरु बैंकले सार्वजनि गरिसकेको छ । जसअन्तर्गत बैंकले विभिन्न होटल, रेष्टुरेन्ट तथा अन्य किनमेलका क्षेत्रमा आफ्ना ग्राहकका लागि आकर्षक छुटको व्यवस्था गरेको छ । सेञ्चुरी बैंकका ग्राहकले कहाँ कहाँ छुट पाउँछन् ?

सीएमटि रिसोर्टमा आकर्षक छुट
सेञ्चुरी बैंकले ग्राहकलाई लक्षित गर्दै भरतपुर महानगरपालिका १० हाकिम चोकमा रहेको सीएमटि रिसोर्टमा आकर्षक छुटको व्यवस्था गरेको छ । बैंकले सीएमटी रिसोर्टमा जाने आफ्ना ग्राहकहरुलाई कोठामा २० प्रतिशत, खाजा तथा खानामा १० प्रतिशत र पेय पदार्थमा १० प्रतिशत छुटको व्यवस्था गरेको छ । सीएमटि रिसोर्टबाट छुट प्राप्त गर्नको लागि बैंकका ग्राहकहरुले रकम भुक्तानी गर्दा बैंकको कार्ड वा पे-एप्लिेकेशनको प्रयोग गर्नुपर्नेछ ।

फोरेष्ट क्याम्पमा १० प्रतिशत छुट
सरल बैंकिङ सबैका लागि भन्ने नारालाई काँधमा बोकेको सेञ्चुरी कमर्सियल बैंकले ग्राहकको सुविधालाई लक्षित गर्दै फोरेष्ट क्याम्पमा पनि १० प्रतिशत छुटको व्यवस्था गरेको छ । यहाँ छुट पाउनका लागि ग्राहकले बैंकको कार्ड वा सेञ्चुरी पे एप्लिकेशनको प्रयोग गर्नुपर्नेछ ।

सिराईचुली होटलमा स्पेशल छुट
पछिल्लो समय चितवन पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको छ । देश तथा देश बाहिरबाट ठूलो संख्यामा पर्यटकहरु यहाँ पुग्ने गर्दछन् । यसैबीच सेञ्चुरी कमर्सियल बैंकले आफ्ना ग्राहकलाई लक्षित गर्दै भरतपुरमा रहेको सिराईचुली होटेलमा आकर्षक छुटको व्यवस्था गरेको छ । यहाँ पुग्ने बैंकका ग्राहकहरुले भुक्तानीमा बैंकको कार्ड वा पे–एप्लिकेशन प्रयोग गर्दा कोठामा २० प्रतिशत, खाजा तथा खानामा १० प्रतिशत र पेय पदार्थमा १० प्रतिशत छुट पाउनेछन् ।

त्रिसारा र फुडमाण्डूमा पनि आकर्षक छुट
सेञ्चुरी कमर्सियल बैंकले विभिन्न ठाउँसँगै त्रिसारा र फुडमाण्डूमा पनि आकर्षक छुटको व्यवस्था गरेको छ । बैंकले फुडमाण्डूको १२औँ वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकलाई १२ प्रतिशत छुटको व्यवस्था गरेको छ । त्यस्तै, बैंकले आफ्ना ग्राहकहरुको लागि त्रिसारामा पनि १० प्रतिशत छुटको व्यवस्था गरेको छ । यसरी बैंकबाट पाउने छुटका लागि ग्राहकले सेञ्चुरी बैंकको कार्ड वा पे-एप्लिकेशन प्रयोग गर्नुपर्नेछ ।

यतिमात्र होइन सेञ्चुरी बैंकले अन्य विभिन्न होटल तथा रेष्टुरेन्ट, दैनिक उपभोग्य वस्तुको खरिदबिक्री, हस्पिटल तथा विभिन्न गन्तव्यको यात्रामा पनि आफ्ना ग्राहकहरुलाई छुटको व्यवस्था गरेको छ ।

यसरी बैंकले आफ्ना ग्राहकलाई विभिन्न क्षेत्रमा आकर्षक छुट दिएसँगै ग्राहक पनि बैंकको यस्ता अफरबाट सन्तुष्ट नै छन् । दैनिक उपभोग्य वस्तुको खरिदबिक्री, घुमफिर, बसोबास, खाजा र खानामा छुट पाउने भएपछि ग्राहकहरु पनि सेञ्चुरी कमर्सियल बैंकको ग्राहक बन्दा फाइदा भएको बताउछन् । ‘बैंकको ग्राहक भएपछि पाइने छुटले हामीलाई सहज मात्रै भएको छैन, बरु आर्थिक भार पनि कम भएको छ’, सेञ्चुरी बैंकका एक ग्राहकले भने, ‘सेञ्चुरी बैंकको ग्राहक हुन पाउँदा खुसी छौँ ।’

*ADVT

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: