×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘निजी क्षेत्रले उठाएका विषय निजी क्षेत्रकै लागि हो भन्ने गलत सन्देश प्रवाह भयो’ -चन्द्र ढकाल

PRIME CA

‘निजी क्षेत्रले उठाएका विषय निजी क्षेत्रकै लागि हो भन्ने गलत सन्देश प्रवाह भयो’ -चन्द्र ढकाल

२८ मंसिर २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रले उठाएका विषयलाई गलत व्याख्या गरिएको बताएका छन् । आर्थिक पत्रकार संघ (नाफिज)को १३औँ वार्षिक साधारणसभा एवम् छैठौँ महासभाका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

‘अन्तरमन्त्रालय तथा विभागबीच पनि समन्वयको अभाव छ’, ढकालले भने, ‘त्यही समन्वयको अभावले प्रसस्त अवसर हुँदाहुँदै पनि विकासका सवालमा सानो विषयले अल्झिएको अवस्था छ ।’ योसँगै उनले आगामी सरकारलाई यी विषय उच्च प्राथामिकताका साथ लिन पनि आग्रह गरेका छन् ।

त्यस्तै, कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रले उठाएका विषयहरु सरकार तथा नगारिक स्तरमा गलत रुपमा व्याख्या गरिएको बताएका छन् । ‘सरकार वा पब्लिक स्तरमा निजी क्षेत्रले उठाएका विषय निजि क्षेत्रको लागि मात्रै हो भन्ने गलत छाप परेको छ’, उनले भने, ‘निजि क्षेत्रले उठाएका विषय समग्र देश र देशबासीको विकासका लागि हो । त्यसैले यस्तो गलत प्रचारका पछि पब्लिक र सरकार दुवै लाग्नु हुँदैन ।’

ढकालले पछिल्लो समय मुलुकमा देखिएको तरलता अभाव र अर्थतन्त्रको समस्या समाधानका लागि सरकार र निजी क्षेत्रबीच समन्वयकारी भूमिका आवश्यक रहेको समेत बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: