Skip to content
LAXMI SUNRISE BANK

चिलिमे जलविद्युत कम्पनीको पुस २२ गते साधारणसभा हुने, यस्ता छन् पेश गरिने प्रस्तावहरु

अर्थ सरोकार

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको साधारणसभा पुस २२ गते नेपाल प्रज्ञा-प्रतिष्ठान, कमलादी काठमाडौंमा हुने भएको हो । कम्पनीको मंसिर २० गते बसेको संचालक समितिको बैठकले साधारणसभा बस्ने निर्णय गरेको हो ।

सभामा कम्पनीले ७.५० प्रतिशत बोनस सेयर र ७.५० नगद लाभांश (कर सहित) गरी जम्मा १५ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्ने भएको छ । साथै,सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस ३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस २ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK