×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकको १३ हजार ६३०.३१ कित्ता संथापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिटिजन्स बैंकको १३ हजार ६३०.३१ कित्ता संथापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने

Artha Sarokar

१० पुष २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनि धनि मान बहादुर भुसालको नाममा रहेको १३ हजार ६३०.३१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य १५० रुपैयाँ तोकेको छ भने सोहि मूल्यलाई आधार मानेर आवेदन दिन सकिनेछ । उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन पेश गर्नु पर्नेछ । सो समयमा संस्थापक सेयरधनीबाट आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी