काठमाडौं । चीनमा कोरोना भाइरसको संक्रमण पुनः देखिएको छ । केही दिनेदेखि चीनमा ‘ओमिक्रोन सबभेरियन्ट बीएफ ७’ का संक्रमितहरु तिव्र गति फैलिरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
चीनमा फैलिरहेको कारोना भाइरसको नयाँ संक्रमण भारतका केही शहरमा पनि देखिए पछि सतर्कता बढाइएको छ । भारतमा ‘कोरोनाको ओमिक्रोन सबभेरियन्ट बीएफ ७’का चार जना संक्रमित फेला परेका छन् । योसँगै भारतमा सार्वजनिक स्थलमा मास्कको प्रयोग, भौतिक दुरी तथा होम क्वारेन्टाइनको व्यवस्थामा थप कडाई गरिएको छ ।
चीनमा कोरोना भाइरसको नयाँ भेरियन्टबाट दैनिक १० लाख संक्रमित फेला परिरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमको दाबी छ । जसमा दैनिक ५ हजार जनाले ज्यान गुमाइरहेको अनुमान गरिएको छ ।
यता नेपालमा भने हालसम्म कोरोना भाइरसको ‘ओमिक्रोन सबभेरियन्ट बीएफ ७’ को संक्रमण नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाबी गरेको छ । बिहीबार एक सूचना जारी गर्दै मन्त्रालयले ‘बीएफ ७’ नेपालमा नभेटिएको जनाएको हो । यद्यपी जोखिम भने रहेको भन्दै मन्त्रालयले मास्कको प्रयोग, भौतिक दुरी कायम तथा व्यक्तिगत सरसफाईमा ध्यान दिन आग्रह गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्