×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगि गर्ने व्यक्ति पक्राउ, २७ लाख ठगिको आरोप !

PRIME CA
GLOBAL IME BANK

पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगि गर्ने व्यक्ति पक्राउ, २७ लाख ठगिको आरोप !

२१ मंसिर २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगि गर्ने व्यक्ति पक्राउ परेका छन् । झापा जिल्ला कन्काई नगरपालिका वडा नं. ७ घर भई हाल भक्तपुरको गट्ठाघरमा बस्ने ३८ वर्षीय सन्जिव आचार्य सो कसुरमा पक्राउ परेका हुन् ।

आचार्यले उमेश अधिकारी सहित ४ जनालाई वर्किङ भिशामा पोर्चुगल पठाउने र प्रतिष्ठित कम्पनीमा फ्रुट्सकिपिङको जागिर लगिदिने प्रलोभनमा पारी रकम ठगि गरेको प्रहरीले जनाएको छ । पिडितहरुबाट पटक पटक गरी २७ लाख रकम ठगि गरी सम्पर्क बिहिन भएका आचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले मङ्सिर २० गते भक्तपुरको गट्ठाघरबाट पक्राउ गरेको हो । आचार्यलाई थप अनुसन्धान तथा कारवाहीका लागी वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँमा पठाईएको प्रहरीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: