इटहरी । डिजिटल पेन्टस् प्रा.लि.ले नयाँ उत्पादनहरू बजारमा ल्याएको छ । इटहरी स्थित गोकर्ण रिसोर्टमा एक कार्यक्रमकाबीच कम्पनीले नयाँ उत्पादनहरू सार्वजनिक गरेको हो । प्रोडक्ट लन्च कार्यक्रमका अवसरमा कम्पनीले ७ वर्ष वारेन्टी रहेको बाहिरी इमल्सन र उच्च क्वालिटी, मिडियम क्वालिटी गरी २ प्रकारका भित्री इमल्सन, गोल्ड पेन्टस् लगायतका उत्पादनहरू सार्वजनिक गरिएको छ । कार्यक्रमका अवसरमा बिभन्न क्लबमा प्रवेश गर्ने डिलरहरूलाई सम्मान गरिएको थियो ।
वाल प्राइमर, इमल्सन, डिस्टेम्बर, इनामेल (काठ तथा मेटल), आलमुनियम पेन्टस् वाल पुटिङ लगायतका सामाग्रीहरू उत्पादन गरिरहेको कम्पनीले उपभोक्ताहरूको उच्च मागका कारण नयाँ उत्पादनहरू बजारमा ल्याएको जनाएको छ । कार्यक्रममा कम्पनीले उत्पादन गरेका उत्पादनहरूको जानकारी, नियमावली, विभिन्न स्किमहरूका साथै विक्रेताहरूलाई गुणस्तरीयताका बारेमा जानकारी दिइएको थियो ।
नेपालको पूर्वी क्षेत्रलाई रंगमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ उत्पादन सुरू गरेको डिजिटल पेन्ट्सले स्थापनाकालको छोटो समयमा नै आफ्नो विशिष्ट स्थान हासिल गर्न सफल भएको कम्पनीका सीईओ देवीप्रसाद गौतमले बताएका छन् । सीईओ गौतमका अनुसार डिजिटल पेन्टस्का उत्पादनहरू २५ सहरका ७७ भन्दा बढी रङ महल ग्रुप अन्तर्गतका काउन्टर मार्फत बिक्री वितरण भइरहेको छ ।
प्रोडक्ट सार्वजनिक कार्यक्रममा डिजिटल पेन्टस् प्रालीका अध्यक्ष भीमप्रसाद गौतम, सीईओ देवीप्रसाद गौतम, सीओओ मणिकुमार आचार्य, सिएफओ किसन खनाल, प्रोडक्सन म्यानेजर हेमराज कार्की लगायतको उपस्थिति रहेको थियो ।