काठमाडौं । सामान्यतया हामी बिजुलीको बिल कति तिर्छौं ? महिनाको १ सय, २ सय, ५ सय वा धेरै भए एक हजार । तर, भारतको हरियाणामा बस्ने एक महिलाको घरमा एक महिनाको बिजुलीको बिल २१ लाख भारु आयो । हिन्दी फिल्म ‘बत्ति गुल मिटर चालु’मा जस्तै बिजुलीको बिल अस्वभाविक आएपछि ती महिला विरोधमा उत्रिएकी छिन् ।
एक महिनामा सामान्य घरको बिजुलीको बिल २१ लाख भारु आएपछि ती महिला विद्युत कार्यालयमा पुगिन् । बाजागाजा र मिठाईसहित विद्युत् कार्यालयमा पुगेर विरोध गरेकी ती महिलाको विरोध प्रदर्शन अनौठो थियो । ती महिलाले विरोध पनि यसरी गरिन् कि मानौं त्यहाँ विरोध होइन कुनै उत्सव मनाईंदैछ । विद्युत् कार्यालय अगाडी विरोध गरेकी ती महिलाले सबैलाई मिठाई बाँडिन् । अनि आफुले करिब २२ लाख भारुको बिल तिर्न नसक्ने भन्दै आफ्नो घर सरकारलाई नै उपहार दिने घोषणा गरिन् ।
भारतको हरियाणामा बस्ने ६५ वर्षीया सुमन नामकी ती एकल महिलाको घरमा २ किलोवाट लोडको गाह्रस्थ विद्युत जडान गरिएको थियो । तर, घरमा एक महिनाकै २१ लाख ८९ हजार भारुको बिल आएपछि उनले बिल भुक्तानी गर्नुको साटो घर नै सरकारको नाममा नामसारी गर्नुको विकल्प नरहेको ठानिन् र सरकारलाई उपहार दिने घोषणा गरिन् ।
उनले विद्युत कार्यालयमा गरेको अनौठो विरोधको भिडियो सोसल मिडियामा भाइरल बनेको छ । त्यस क्रममा उनले सरकारलाई आफ्नो घर अफर गरेको पोस्टर पनि प्रदर्शन गरेकी थिइन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्