×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ट्वीटर किनेपछि एलन मस्कले गुमाए विश्वकै धनी व्यक्तिको ‘ट्याग’, तीन दिनमा बिक्री भयो टेस्लाको २२ मिलियन सेयर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ट्वीटर किनेपछि एलन मस्कले गुमाए विश्वकै धनी व्यक्तिको ‘ट्याग’, तीन दिनमा बिक्री भयो टेस्लाको २२ मिलियन सेयर

Artha Sarokar

४ पुष २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ट्वीटर किनेसँगै एलन मस्कले विश्वकै सर्वाधिक धनी व्यक्तिको ‘ट्याग’ गुमाएका छन् । ‘रियल टाईम बिलिनियरस्’ को सूची अनुसार मस्कलाई पछि पार्दै फ्रान्सका बर्नार्ड अर्नाल्ट विश्वकै धनी व्यक्ति बनेका हुन् ।

मस्कले पछिल्लो समय आफ्नो इलेक्ट्रिक कार कम्पनी ‘टेस्ला’को सेयर लगातार बेचिरहेका छन् । मस्कले तीन दिनमा मात्रै ‘टेस्ला’को करिब २२ मिलियन अर्थात करिब ३.६ बिलियन डलर मूल्य बराबरको सेयर बेचिसकेका छन् । ‘मैले आफ्नो व्यापार बचाउनका लागि ‘टेस्ला’को सेयर बिक्री गरेको हुँ ।’ – मस्कले भनेका छन् । योसँगै यस वर्ष टेस्लाको सेयर ६० प्रतिशतभन्दा धेरैले घटिसकेको छ ।

यसो त मस्कले ४४ बिलियन डलरमा ट्वीटर किनेसँगै उनको नेटवर्थमा पनि निरन्तर गिरावट देखिएको छ । कुनै समय ३४० बिलियन डलरका मालिक रहेका एलन मस्कको नेटवर्थ पछिल्लो समय घटेर १६३.७ अर्ब डलरमा झरेको छ ।

त्यस्तै, हाल विश्वकै धनी व्यक्ति बनेका बर्नार्ड अर्नाल्टको सम्पत्ती १८१.८ अर्ब डलर रहेको छ । ‘रियल टाइम बिलिनियरस्’ को सूचीमा तेस्रो नम्बरमा रहेका भारतमा गौतम अडानीको भने कुल नेटवर्थ १३१.३ अर्ब डलर रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी