Skip to content
LAXMI SUNRISE BANK

गरिमा विकास बैंकको पुस २२ गते साधारणसभा हुने, यस्ता छन् पेश गरिने प्रस्तावहरु

अर्थ सरोकार

काठमाडौं । गरिमा विकास बैंकको साधारणसभा हुने भएको छ ।  बैंकको साधारणसभा पुस २२ गते होटल पोखरा ग्राण्ड, बिरौटा, कास्कीमा बिहान १० बजेबाट सुरु हुने भएको छ । बैंकको मंसिर २६ गते बसेको संचालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो ।

सभामा आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र  कर सहित १.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेण्डा समेत रहेको छ । सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

साथै, सभा प्रयोजनका लागि बैंकले पुस ८ गतेदेखि पुस २२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । पुस ७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK