काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ । मंगलबार १ लाख ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सय रुपैयाँले बढेर १ लाख १ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर १ हजार ४ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८६ हजार ६ सय ७५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय रुपैयाँ कायम गरेको छ ।