काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार १ लाख ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सय रुपैयाँले बढेर १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८६ हजार ९ सय ३५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ९६ रुपैयाँ कायम गरेको छ ।