×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सशस्त्र प्रहरीकै क्याम्प अघि व्यवसायीमाथि गोली प्रहार

PRIME CA

सशस्त्र प्रहरीकै क्याम्प अघि व्यवसायीमाथि गोली प्रहार

४ पुष २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

कैलाली । कैलालीमा सशस्त्र प्रहरीकै क्याम्प अघि अज्ञात समूहद्धारा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएको छ । आइतबार साँझ जिल्लाको गोदवारी नगरपालिका २ अत्तरिया बजार क्षेत्रमा सुनचाँदी व्यवसायी विकास गौतममाथी गोली प्रहार भएको हो ।

गौतममाथी नम्बर नखुलेको सेतो रङ्गको मोटरसाइकलमा आएका दुईजनाले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक वेद प्रकाश जोशीले बताएका छन् ।

‘प्रदेशको राजधानीकै मुख्य बजारमा कसैमाथि गोली प्रहार हुनु गम्भिर विषय हो’, उनले भने, ‘घटनाको विषयमा त्यस्तो विशेष क्लु भने फेला परेको छैन । तर पनि हाम्रो अनुसन्धान जारी नै छ ।’ प्रहरीका अनुसार घाइते गौतमको दाहिने हात र ढाडमा चोट लागेको छ । गौतममाथि सशस्त्र क्याम्प अघि नै गोली प्रहार भएको थियो ।

अत्तरियामा न्यू घोडाघोडी सुनचाँदी कारखाना पसल सञ्चालन गर्दै आएका गौतममाथि मोटरसाइकलमा सवार अज्ञात समूहले गोली प्रहार गरेको हो । गोली प्रहारबाट घाइते भएका गौतमको माया मेट्रो अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: