×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रविको नेतृत्वपछि गृह मन्त्रालय लगातार एक्सनमा, भन्यो- ‘अनुमति बिना नेता र कुटनीतिक नियोगका व्यक्तिलाई नभेट्नु’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

रविको नेतृत्वपछि गृह मन्त्रालय लगातार एक्सनमा, भन्यो- ‘अनुमति बिना नेता र कुटनीतिक नियोगका व्यक्तिलाई नभेट्नु’

Artha Sarokar

१४ पुष २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गृह मन्त्रालयले अनुमति बिना दलका नेता र कुटनीतिक नियोगका व्यक्तिसँग भेट नगर्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएको छ । बिहीबार गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

गृह मन्त्रायलको यो निर्देशनसँगै अब सुरक्षाकर्मीहरुले बिना अनुमती राजनीतिक दलका नेता तथा कुटनीतिक निकायका पदाधिकारीलाई भेट्न नपाउने भएका छन् ।

‘सुरक्षाकर्मी पदाधिकारीहरुले कुटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भएमा स्पष्ट प्रयोजनका साथ विभागीय स्वीकृति लिएर मात्र गर्नु÷गराउनु हुन तथा सो को प्रभावकारी कार्यान्वयन तथा अनुगमन सम्बन्धित संगठन प्रमुखले मिलाउन हुन अनुरोध छ ।’- विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यस्तै, गृह मन्त्रालयले निर्देशन विपरित पूर्वस्वीकृतिबिना कसैले नेता तथा कुटनीतिक नियोगका व्यक्तिसँग भेटेको पाइएका कार्वाही गर्ने चेतावनी समेत दिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी