Skip to content
LAXMI SUNRISE BANK

गुराँस लघुवित्तको पुस ३० गते साधारणसभा हुने, यस्ता छन् पेश गरिने प्रस्तावहरु

अर्थ सरोकार

काठमाडौं । गुराँस लघुवित्त वित्तिय संस्थाको साधारणसभा हुने भएको छ । लघुवित्तको साधारणसभा पुस ३० गते भेडेटार भिलेज रिसोर्ट, धनकुटामा बिहान ११ बजेबाट सुरु हुने भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ । बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेण्डा समेत रहेको छ ।

साथै, अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने-गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा-नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

यसैगरी, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पनि राखिएको छ । सभा तथा लाभांश वितरण प्रयोजनका लागी कम्पनीले पुस २० गते बुक क्लोज गर्ने भएको छ भने पुस १९ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्ने लघुवित्तले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK