काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ । एचआइडीसीएलको बिहिबार बसेको संचालक समितिको बैठकले सेयरधनिहरुलाई ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल सरकारको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि वितरण हुने कम्पनीले जनाएको छ । कम्पनीको साधारणसभा पुस २६ गते हुने भएको छ भने पुस १४ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १३ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन सक्ने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्