काठमाडौं । सरकारले लामो समयपछि गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पौष १ गतेदेखि लागू हुनेगरी चार वस्तुको आयात प्रतिबन्ध फुकुवा गरेको हो ।
मुख्यसचिवको संयोजकत्वमा गठित अध्ययन कमिटीले आयातमा गरिएको बन्देज खुलाउन गरेको सिफारिसका आधारमा प्रतिबन्धित वस्तुको आयात फुकुवा गरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले बताएका छन् । ‘बिलासी बस्तुको प्रतिबन्ध लम्बिदा राजस्व संकलन प्रभावित बनेको निष्कर्श अध्ययन कमिटीको छ’, उनले भने, ‘योसँगै बिलासी वस्तुको आयात प्रतिबन्ध फुकुवा गर्ने निष्कर्शमा सरकार पुगेको हो ।’
विदेशी मुद्राको सञ्चिति घटेको भन्दै सरकारले वैशाखदेखि १० प्रकारका वस्तुको आयात प्रतिबन्ध लगाएको थियो । तीमध्ये भदौमा ६ प्रकारका वस्तुको आयात प्रतिबन्ध खुलाइएको थियो । अब भने अब सबै खाले निजी प्रयाजनका ४ पांग्रे सवारीसाधन, १५० सीसीमाथिका मोटरसाइकल, तयारी मदिरा र ३ सय डलरमाथिका मोबाइल फोनको आयात खुला हुने भएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्