×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुपर मादी हाइड्रोपावरको ३१ लाख ५० हजार कित्ता आइपीओ बिक्री खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सुपर मादी हाइड्रोपावरको ३१ लाख ५० हजार कित्ता आइपीओ बिक्री खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

Artha Sarokar

२० मंसिर २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सुपर मादी हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयहरुका लागि आइपीओ बिक्री खुला गरेको छ । हाइड्रोपावरले मङ्सिर २० गते देखि ३१ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले सो सेयर निष्काशन गरेको हो । सोमध्ये आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. १ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार कित्ता छुट्याएको छ ।

त्यस्तै, आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाका अन्य वडा नं ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका वडा नं. २६, २७ र २८ का स्थानीय बासिन्दाहरुको लागि ७ लाख ३५ हजार कित्तामा आवेदन दिन सक्नेछन् ।

साथै, कम्पनीले सर्वसाधारणलाई निष्कासन हुने २१ लाख कित्ताको १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि बिक्री खुला गरेको छ ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले पुस ५ गतेसम्म उक्त आइपीओमा आवेदन दिन सक्नेछन् । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद पुस २० गते सम्म लम्बिने कम्पनीले जनाएको छ । त्यसैगरी, वैदेशिक रोजगारमा रहेकाहरुले कम्पनीको आइपीओमा पुस ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

उक्त सेयरमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीलाई इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ‘इक्राएनपी आइआर डबल बी’ रेटिङ प्रदान गरेको छ ।

यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले एनसीसी बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र आयोजना स्थलबाट आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि-आस्वा प्रणालीबाट आवेदन दिन सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी