काठमाडौं । एसियन हाइड्रोपावरले आइपीओ बिक्री खुला गरेको छ । हाइड्रोपावरले मंसिर २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको हो ।
हाइड्रोपवारले १०० रुपैयाँ अंकित मूल्यमा ३ लाख ४० हजार कित्ता सेयर निष्कासन गरेको छ । उक्त सेयरमा आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं. १० माई जोगमाई गाउँपालिका वडा नं. ३ र ४ तथा सूर्योदय नगरपालिका वडा ११ का स्थानीय बासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात १ लाख ३६ हजार कित्ता र ईलाम जिल्लाका अन्य क्षेत्रहरुमा बसोबास गर्ने बासिन्दाहरुका लागि बाँकी ६० प्रतिशत अर्थात २ लाख ४ हजार कित्ता सेयर छुट्याइएको छ ।
त्यस्तै, सर्वसाधारणमा निष्कासन हुने ८ लाख ४० हजार कित्तामध्ये १० प्रतिशत अर्थात ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई छुट्याइएको छ । उक्त आइपीओमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्युनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । सो सेयरमा पुस १२ गतेसम्म आवेदन दिन आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
यद्दपि, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा पुस २७ गतेसम्म आवेदन दिन पाउनेछन् । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले एसियनलाई केयर एनपी डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा एनएमबि क्यापिटलले बिक्री प्रबन्धकको काम गर्ने भएको छ ।
स्थानीय बासिन्दाले एनएमबि बैंक ईलाम शाखा, सिभिल बैंक माईजोगमाई शाखा, प्राइम कमर्सियल बैंक बिब्लाटे शाखा, ग्लोबल आइएमई बैंक सूर्योदय ९फिक्कल० शाखा तथा बिक्री प्रबन्धले तोकेको बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । यता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्