×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जाडोलाई लक्षित गर्दै भृकुटीमण्डपमा ‘जुत्ता चप्पल मेला’, २३ तस्विरमा हेर्नुहोस् कति मूल्यमा कस्तो जुत्ता पाइन्छन् ?

PRIME CA
GLOBAL IME BANK

जाडोलाई लक्षित गर्दै भृकुटीमण्डपमा ‘जुत्ता चप्पल मेला’, २३ तस्विरमा हेर्नुहोस् कति मूल्यमा कस्तो जुत्ता पाइन्छन् ?

२८ मंसिर २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालले ‘जाडोमा न्यानो अफर जुत्ता चप्पल मेला’को आयोजना गरेको छ । एशोसिएसनले काठमाडौंको भृकुटीमण्डपको ठूलो चौरमा मेलाको आयोजना गरेको हो ।

मेलामा विभिन्न ब्राण्डका जुत्ताहरु राखिएको छ । विशेषगरी जाडोलाई लक्षित गर्दै जुत्ता चप्पल मेला आयोजना गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार मेलामा ग्राहकहरुले छानी–छानी सस्तो मूल्यमा जुत्ताहरु किन्न पाउनेछन् । मेलामा रोयल, रन, स्मार्ट, फस्र्ट वाल्क, सिल्स, केटिएम शूज, क्रस रोड, कोसेली र स्टाईल लगायत ब्राण्डका जुत्ताहरु राखिएका छन् ।

सस्तोमा विभिन्न ब्राण्डका जुत्ता चप्पल पाइने भएपछि मेलामा दैनिक ग्राहकको भिड लाग्ने गरेको छ । ‘मेलामा सस्तो मूल्यमा जुत्ताहरु पाइन्छ भनेर आएका हौँ’, मेलामा जुत्ता किन्दै गरेका एक ग्राहकले भने, ‘सस्तो मूल्यमा राम्रो जुत्ता खोज्नेहरुका लागि यो मेला उत्कृष्ट छ ।’ कति मूल्यमा कस्तो जुत्ता आउँछ ? फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: