×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने

Artha Sarokar

१५ मंसिर २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ज्योति विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना संस्थापक सेयरधनिहरुको नाममा रहेको सेयर बिक्री खुला गरेको हो ।

बैंकले सेयरको बिक्री मूल्य र सेयर संख्या भने खुलाइएको छैन । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले बिहीबारबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई निवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरिद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी