Skip to content
LAXMI SUNRISE BANK

मेगा बैंकको ४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन, आइतबार कतिमा खुल्छ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । मेगा बैंकको ४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

समायोजनपछि यसको भाउ प्रतिकित्ता २०४ रुपैयाँ ६२ पैसा कायम भएको छ । अब मंसिर २५ गते आइतबार सोही मूल्यलाई आधार मानेर यसको सेयर कारोबार खुला हुने भएको छ ।

बिहीबारको अन्तिम कारोबार मूल्य २१२ रुपैयाँ ८० पैसालाई आधार मानेर भाउ समायोजन गरिएको हो । बैंकले गत वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश बैंकको पुस ७ गते बस्ने साधारण सभामा लैजाँदैछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK